• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एसीसी वुमन्स प्रिमियर कप : नेपालले मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माल टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिइकी हुन् ।

विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा गर्न पाउने छ ।