• २०८३ असार ३२
  • 2026 July 16, Thursday

ग्राण्डी अस्पतालको लापरबाहिले १४ वर्षका मन्नुको गयो ज्यान

काठमाडौं । चिकित्सकको गम्भीर लापरबाहीका कारण ग्राण्डी अस्पतालमा उपचाररत एक बालकको मृत्यु भएको छ । उपचार गर्न दुई महिना अघि ग्राण्डी पुगेका नवलपरासीका मन्नु विश्वकर्माको फागुन ३ गते मृत्यु भएको हो ।

विनय त्रिवेणाी गाउँपालिका ३, नवलपरासीका १४ वर्षका मन्नु विश्वकर्मा मंसिर २ गते स्कुटर दुर्घटनामा घाइते भए । घाइते मन्नुलाई उपचारको लागि लुम्बीनी हेल्थ केयरमा लगिएको थियो । उक्त अस्पतालमा चिकित्सकले छोराको अवस्था सामान्य रहेको भन्दै डिस्चार्ज गरेको मन्नुका बुबा बताउँछन् । डिस्चार्ज गरेपनि स्वास्थ्य अवस्था सुधार नभएको देखेपछि बुबाले उनलाई भरतपुरको एक अस्पतालमा पुर्याए ।

ब्लड पेटमा भरिएको र २ घण्टाभित्र अप्रेशन गर्नुपर्ने भरतपुर अस्पतालमा कार्यरत चिकित्सकले भने । त्यसपछि मन्नुको शल्यक्रिया गरियो । त्यहाँ शल्यक्रिया गर्ने क्रममा लापरबाहि भई पित्त र आन्द्रा फुट्यो । कलेजोको शल्यक्रिया देखेका उनका बुबामा छोराको आन्द्राको शल्यक्रिया त भइहाल्छनी भन्ने ठाने । भोलिपल्ट शल्यक्रिया गरियो । शल्यक्रिया गरेपछि मन्नु झन कमजोर बने ।

त्यहाँनै छोराको उपचार हुने कुरामा बुबालाई विश्वास लागेन । त्यसपछि उनले रिफर गर्ने सोच बनाए । मन्नुका बुबाको इच्छा थियो विर अस्पतालमा लैजाने तर भइदियो उल्टो । भरतपुरको उक्त अस्पतालले विरमा रिफर गर्न दिएन र पठाइदियो ग्राण्डी अस्पतालमा ।

त्यसपछि उनी आए ग्राण्डी अस्पताल । उनी भन्छन् ‘श्रीमती र आमाको गहना बेचेर डेढ लाख रुपैँया थियो । कान्छी फुपुले ५० हजार रुपैँया दिनुभयो । जम्मा २ लाख ३० हजार थियो म सँग । तरपनि छोरा बाँच्ने आशले सहयोग खोजिरहे ।’

डा. राकेश खन्नाको सल्लाहमा ग्राण्डी अस्पतालमा आईसियुमा राखियो । आईसियुमा रहेका उनका छोरा दिनप्रतिदिन ठिक हुँदै गए । अप्रेशन गरेर आईसियुबाट वार्डमा झारियो ।

वार्डमा रहेका छोराको अवस्था समान्यनै थियो । तर सिटि स्क्यानिङ्ग गर्ने क्रममा आन्द्रामा लिक रहेको जानकारी पाए मन्नुका बुबा । आन्द्राको शल्यक्रिया ढिलो गरि भयो । शल्यक्रिया गरेपछि ठिक हुनुपर्ने मन्नुको अवस्था झन नाजुक बन्यो । कारण थियो आईशियुमा रहेका मन्नुलाई चिकित्सकको हेरचाह कम हुनु ।

‘आइसियुमा रहेको छोरालाई चिकित्सकको निगरानीमा हुन्छ । किन पोटासियम घट्यो । यो सब चिकित्सकको लापरबाहि हो ।’ उनका बुबा भन्छन् । त्यसपछि मन्नुलाई पोटासियम दिइयो । पोटासियम दिएका मन्नुको अवस्था सुधारन्मुख थियो । बुबा छोराको अवस्था समान्य र चिकित्सकको सल्लाह लिएर गाँउ लागे । चिकित्सकले ९० प्रतिशत बचाउन सकिने भनेपछि छोरो बाच्नेमा बुबा ढुक्क थिए ।

घर पुगेका मन्नुका बुबा चिकित्सकलाई फोन गरेर छोराको स्वास्थ्यको बारेमा दैनिक जानकारी लिन्थे तर पछिल्लो केहिदिन यता फोन उठ्न छाडेपछि उनी काठमाडौं आए । काठमाडौं आउँदा थाहा पाए छोरा नरहेको । फोन नउठ्नुको कारण थियो त्यो ।

उपचारका क्रममा मृत्यु भएका विश्वकर्माको सामान्य स्वास्थ्य अवस्था रहँदारहँदै चिकित्सकको लापरबाहीले छोराको ज्यान गएको बुबा बताउँछन् । २ महिनासम्म अस्पताल राखेको छोराको अकस्मात मृत्यु भएपछि परिवार भावविहल छ ।

मन्नुका बुबा भन्छन् ‘दिनको ४०,४५ हजार बिल उठ्थ्यो, छोरा निको हुन्छन भन्थे डाक्टरले । त्यहि भरमा छोरालाई अन्त रिफर गरिएन । ग्राण्डीले छोरोका अप्रेशन ढिला गर्दियो । आइसियुमा रहेको छोरालाई हेरचाहनै गर्दिएन । जसले गर्दा एउटा छोरा गुमाउनु पर्यो ।’

छोरा बितेकाे ३ दिन भयो आर्थिक अभावले शव अस्पतालमै छ । २२ लाख ७५ हजार दिएर शव लैजान भनेपछि अर्थ जोहोमा लागेका छन् ।