सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन गएका छन् ।

उनी बिहीबार निवेदन दर्ताका लागि आफ्नो कानुनव्यवसायीसहित उच्च अदालत पुगेका हुन् ।
जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेका हुन् ।
पुनरावेदनपछि सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले फैसला चित्त नबुझेर पुनरावेदनमा गएको बताए ।

जिल्ला अदालतले दोषि ठहर गरे पनि कुनै पनि तथ्य प्रमाणबाट यो पुष्टि हुन नसक्ने उनको भनाइ छ । उच्चले न्याय दिनेमा पूर्ण विश्वास रहेको उनले बताए । पुनरावेदनको फैसला नआउञ्जेल भने उनी जेल बस्नुपर्ने छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१