
काठमाडौं । हिउँद बित्न लाग्दा काठमाडौं उपत्यकामा बिहीबार असिनासहित हल्का वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाको मौसम विभागले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ ।
काठमाडौंसहित अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । बिहीबार विहानैदेखि मौसम प्रतिकूल रहँदा आन्तरिक वायुसेवाको उडान तालिका प्रभावित भएको छ।