कियाचु जापानको छैटौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा मनकुमार तुम्सा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।

टोकियो ओकुबो स्थित काठमाण्डौ लञ्च एण्ड बारमा फेब्रूवरी २५ मा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कियाचु जापानको इतिहासमै पहिलो पटक लोकतान्न्त्रीक पद्दतिको प्रयोग गरी निर्वाचनको माध्यमबाट कार्यसमिति चयन गरिएको हाे ।

तीनजनाको उम्मेद्वारी रहेको अध्यक्ष पदमा मनकुमार तुम्सा ५७ मतसहित निर्वाचित भएका छन् भने निकटतम् प्रतिद्वन्दी लक्ष्मीहाङ् आङ्बोले ४४ मत ल्याएर पराजित भए । अर्का प्रतिस्पर्धी देवेन्द्र लाओतीले ० मत प्राप्त गरेका थिए । त्यसैगरी, वरिष्ठ उपाध्यक्षको पदमा बालविक्रम तिगेला ५६ मत सहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी मुक्साम लाओती (दिपेन्द्र) ४६ मत ल्याएर पराजित भए । महासचिवमा लाखध्वज मादेम्बा (सिसाम्) ५२ मत सहित निर्वाचित भए भने ईन्द्रदीप आङ्देम्बे ४९ मत ल्याएर पराजित भए । त्यसैगरी, कोषाध्यक्षमा कल्पना चेम्जोङ ५० मत ल्याएर निर्वाचित भए भने प्रतिद्वन्दी सन्दीप कुमार चेम्जोङ ४९ मत ल्याएर पराजित भए । सदस्यहरूमा सबैभन्दा बढी ८२ मत ल्याएर बालकिशोर चेम्जोङ निर्वाचित भए ।

महाधिवेशनको खुलासत्रलाई प्रमुख अतिथिको रूपमा कियाचु संघीय परिषदका अध्यक्ष प्रेम ऐक्तेनले जुम भर्चुअल मार्फत सम्बोधन गर्दै शुभकामना दिएका थिए । त्यसैगरी नेपाल आदिवासी जनजाती महासंघ जापानका कार्यवाहक अध्यक्ष श्री गुरूङ, एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछाने, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दि गौचन, नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, नेपाल तामाङ समाज जापानका अध्यक्ष कार्साङ तामाङ, समाजसेवी तथा सफल व्यवसायी निमा लामा लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

गायक बिष्णु आङ्देम्बेको मौलिक गायनले उपस्थित सबैलाइ मन्त्रमुग्ध पार्यो भने गायक चिरन लाबुङले आफ्नो प्रस्तुतीमार्फत सबैलाई झुम्न बाध्य बनाएका थिए । सुदिप पालुङ्वाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव मुक्साम लावतीले सञ्चालन गरेका थिए । २१ बुंदे “ओकुबू घोषणा पत्र” जारी गरे संगै सुरू भएको बन्दसत्रबाट १० जना निर्वीरोध निर्वाचित भइ बाँकी १५ सदस्यीय कार्यसमिति निर्वाचनको माध्यमबाट निर्वाचित भएका छन् । लोकतान्त्रिक पद्दतीलाई आत्मसाथ गर्दै निर्वाचन प्रक्रिया मार्फत अध्यक्षमा मन कुमार तुम्सा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचिवमा सिसाम “याक्थुङ” मादेम्बा र उपमहासचिवमा सुजन आङ्बो, सचिवमा लोकेन नेयोङहाङ र सानु योङ्हाङ त्यस्तै कोषाध्यक्षमा कल्पना चेम्जोङ सहकोषाध्यक्षमा लासेमी केरूङ निर्वाचित भएका छन् भने सदस्यहरूमा सुजन मादेन लिम्बू, बाल किशोर चेम्जोङ्, बिस्णु कुमार आङ्देम्बे, उषा कन्दङ्वा, केसिका लिम्बुखिम, निशाम आङ्देम्बे, कबिन्द्र सम्बाहाम्फे, दिपक इङनाम, अन्जना लिङखिम, पुर्णिमा जबेगु, इक्सा सम्बाहाम्फे, भुमिका चेम्जोङ्, शाकिला आङदेम्बे, तान्छोहाङ नेम्बाङ, नाम्लिङ येक्तेन निर्वाचित भएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१