वाफ च्याम्पियनसिप : नेपाल र जोर्डनबीच आज उपाधि भीडन्त

काठमाडौं । पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ ।

सातौं संस्करणसम्म आइपुग्दा जोर्डनले पाँच पटक उपाधि जितेको छ भने डिफेन्डिङ च्याम्पियन पनि हो । नेपाल भने पहिलो पटक फाइनलमा पुगेको हो ।

जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाल र जोर्डनबीच्को खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ ।
तर, आजको खेलमा नेपालकी गोलमसिन सावित्रा भण्डारी साम्वा भने हुने छैनन् । उनी क्लब फुटबलका लागि फ्रान्स फर्कि सकेकाले त्यसको असर नेपाली टिममा पर्ने छ ।

सेमिफाइनलसम्म खेलेकी सावित्राले सबै चार खेलमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । नेपालले सेमिफाइनलमा लेबनानविरुद्ध २–१ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० को एकतर्फी जित निकालेको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१