त्रिकोणात्मक टी–२० : नामिबियाविरुद्ध टस हारेर नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गत नामिबियाविरुद्धको आफ्नो तेस्रो खेलमा नेपालले टस हार्दै पहिला ब्याटिङ गर्दै छ।

टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर नेपालविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यसअघि भएका दुवै खेलमा नेपालले हार व्योहोरेकोले आजको खेल जित्नुपर्ने दबाबमा छ ।

पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्डसँग २ रनले नेपाल पराजित भएको थियो ।

नामिबियाविरुद्ध आजको खेलमा  कुशल भुर्तेललाई बेन्चमा राखिएको छ । उनी लगातार दुई खेलमा रोयल डक आउट र डक आउट भएका थिए । भुर्तेलको स्थानमा अनिल शाह खेलीरहेका छन् ।

भुर्तेलसँगै ललित राजवशी, सन्दीप जोरा पनि बेन्चमा छन् । उनीहरुको स्थानमा आरिफ शेख र अभिनास बोहरा खेलीरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१