
काठमाडौं । सोमबार बिहान जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैकठमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
दिनभरको घटनाक्रम हेरेर आजै अपराह्न ४ बजे पुनः अर्को बैठक बस्ने नेता राजकिशोर यादवले बताए ।
पार्टी अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा जाने तयारीमा छ । जसपाले तीन मन्त्रालयको दाबी गरेको एक नेताले बताए।