• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

त्रिकोणात्मक टी–२०: वर्षाको कारण नेपाल र हङकङबीचको पहिलो खेल रोकियो

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ ।

आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ । नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए ।

चार ओभरको खेल सकिँदा हङकङले १ विकेट गुमाएर ४३ रन जोडेको छ । जारी खेलमा पानी परेपछि खेल रोकिएको हो ।

आजबाट शुरु भएको नेपाल,पपुवा न्युगिनी र हङकङबीचको सिरिजको फाइनल मार्च १३ तारिखमा हुने छ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।