• २०८३ असार १७
  • 2026 July 01, Wednesday

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका दाहालले गरे उम्मेदवारी दर्ता

  • २०८० फागुन २८, सोमबार ०५:५७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।

संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन्। दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्।

दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्।

समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्।

  • २०८० फागुन २८, सोमबार ०५:५७