• २०८३ असार १४
  • 2026 June 28, Sunday

पीएनजीसँग नेपाल ८६ रनले पराजित

काठमाडौं । हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी ‌पीएनजीबीचको त्रिपक्षीय टी-२० शृङ्खलाको फाइनलमा नेपाल ८६ रनले पराजित भएको छ।
पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो।
त्यसअघि पीएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।