• २०८३ असार १७
  • 2026 July 01, Wednesday

सहकारी बचतकर्ताको माग पुरा नभए सडकमा आगो बाल्ने चेतावनी

काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम जारी राखेको छ।

देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै लामो समयदेखि उनीहरुले काठमाडौंमा प्रदर्शनहरु गर्दै आएका छन् ।

उक्त आन्दोलनमा सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको कोषाध्यक्ष दिप श्रेष्ठले अझै पनि सात बुदेँ सम्झौता कार्यान्वयन नहुने हो भने सडकमा आगो बाल्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘पीडामा रहेका पीडितहरुको पक्षमा आवाज उठाउँदा हामीलाई हत्यारा जसरी हिरासतमा लगेर राखिएको थियो । हाम्रो यो शान्तिपूर्ण ¥याली हो, यति गर्दा पनि हाम्रो सात बुदेँ सम्झौता कार्यान्वयन नभएको खण्डमा भोलिबाट सडकमा आगो बाल्ने पनि सरकारलाई चेतावनी दिन चहान्छु ।’