त्रिशूलीमा ट्याक्सी खस्दा बालकसहित पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।आज बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परेको छ तर, परिचय खुलेको छैन ।‘एक बालिका सहित दुइ महिला र दुई पुरुषको शव भेटिएको छ,ट्याक्सीमा कतिजना सवार थिए सो बारे हामी यकिन गर्दै छौं’ थापाले भने ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७