काठमाडौं । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनका निम्ति नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङले उमेदवारी दर्ता गराएका हुन् । उनीसँगै इलाम-२ मा हालसम्म ६ जनाले उमेदवारी दर्ता गराइसकेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म सुहाङसहित नेकपा (एकीकृत समाजवादी)बाट जितबहादुर राई‚जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)‚ नेमकिपाबाट श्यामबहादुर दर्जी‚ मंगोल नेसनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बू र डाकप्रसाद गौतमले स्वतन्त रूपमा उमेदवारी दर्ता गराएका छन् ।
