• २०८३ असार १७
  • 2026 July 01, Wednesday

नेता शाही र कांग्रेसलाई निशाना बनाएको बारे नेविसंघले गरायो सभापतिकाे ध्यानाकर्षण

  • २०८० चैत २५, आइतबार ११:२१

काठमाडौं । नेपाल विद्यार्थी संघको टोलीले आइतबार बुढानीलकण्ठ पुगेर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

कर्णाली प्रदेश संसदीय दलको नेता एवं पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको विषयमा छलफल गर्न टोली बुढानीलकण्ठ पुगेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउन विद्यार्थी नेताहरु बुढानिलकण्ठ पुगेका हुन्।

नेता शाही र पार्टीलाई निशाना बनाएको बारेमा सभापति देउवाको ध्यानाकर्ष गराएको नेविसंघ सदस्य कमला सिंह शाहीले जानकारी दिइन्।

पार्टी सभापति देउवाले यस विषयमा आफ्नो पूर्ण रूपमा ध्यानाकर्षण भएको बताए ।

  • २०८० चैत २५, आइतबार ११:२१