काठमाडौं । आमाको हातको जस्तै मिठो अनि स्वाखिलो खाना वा खाजा खान कसलाई मन पर्दैन् । अझ बढी घरबाट टाढा बसेर अफिसमा काम गर्नेहरुलाई अफिसको समयमा सधैँ के खाने भन्ने पिरलो लाइरहेको हुन्छ । यस्तै पिरलो दिप्ती अग्रवाल सिंहलाई पनि लाग्थ्यो । जब उनी अफिसमा काम गर्थिन् । उनी हुन् ‘मदर्स किचन’ की सञ्चालिका ।
‘मदर्स किचन’ आफ्नो आमाले बनाएको खाना जस्तै स्वादिलो खाना पाउने ठाउँ हो । स्वास्थ्यका लागि हेल्थी र स्वादमा फरकपन भएको खाना मदर्स किचनले अफिससँगै घरमा पनि डेलिभर गर्छ ।
पढाईलेखाइमा अब्बल दिप्ती अग्रवालले ‘मदर्स किचन’ सञ्चालन गरिरहेकी छिन् । शुन्य लगानीमा झन्डै १० वर्ष अगाडि सञ्चालन गरेको ‘मदर्स किचन’ ले काठमाडौं भ्यालीभित्र अफिसमा खाना र खाजाका विभिन्न स्वादिष्ट परिकारहरु पुर्याइदिन्छ ।
आमा ‘सुशीला अग्रवाल’ को सहयोगमा ‘मदर्स किचन’ सञ्चालन गरेको दिप्ती बताउँछिन् । आमा सुशीला बीस वर्षदेखि होस्टल चलाइरहेकी छन् । कालोपुल र मैतीदेवीमा दुइटा होस्टल छन् । मदर्स किचन पनि कालोपुल होस्टलको भान्साबाट सुरू भएको हो ।
‘मदर्स किचन’ मा अहिले परम्परागत घरायसी पाककलामा पोख्त भएका एक जना हेड सेफ र १३ जना होम कुक छन् । यो भन्दा रोचकको विषय यो छ कि अहिले मदर्स किचनमा खाना पकाउने होम कुकलाई आमाले नै सिकाएको कुरा हाँस्दै दिप्ती बताउँछिन् ।

दिप्ती भन्छिन्, ‘मदर्स किचनको भान्सामा एउटै परिकार पनि फरक फरक स्वाद भएको हुन्छ । जसले गर्दा गा्रहकहरुले खानालाई रुचाइएको छ । खाना बनाउने विशेष कुनै सूत्र नभएपनि घरमा परिवारका लागि पकाउने तरिकालेनै मदर्स किचनले खाना र खाजा पकाउने गर्दछ । चिल्लो, पिरो, नुन, मसला बाहिर खाने खानामा भन्दा भिन्न रहन्छ । खानालाइ रोचक देखाउने वा नक्कली स्वाद दिने काम भन्दा खाना खाने गा्रहकलाइ स्वादिष्ट खाना र खाजा दिने काममा बढी फोकस गर्छौँ । मदर्स किचनको खास विशेषता यही हो ।
मदर्स किचेनले एक हप्ताको खाना/खाजाको मेनु साताको आइतवार सार्वजनिक गर्छ । यदी कसैलाई मेनुभन्दा आफ्ुले मनन पराएको खाना/खाजाको अर्डर गर्नु छ भने पहिले नै सम्पर्क गरेर बुझ्नुपर्छ ।
के के छ त ‘मदर्स किचन’को मेनुमा ?
मेनुमा आइतबारदेखि शुक्रबारसम्म उपलब्ध हुने परिकारको सूची हुन्छ । भेज (शाकाहार) थाली, भेज, नन–भेज (मांसहार) थाली, खाजा, हेल्थ बक्स, बेकरीका साथै चटपटे र पानीपुरी हुन्छ ।
थालीमा भात, रोटी, दाल, मौसमी तरकारी, अचार र सलाद हुन्छ । मागअनुसार अण्डा र मासु पनि हुन्छ । खाजामा आलुदम, बर्गर, स्यान्डविच, चिप्स, आलुपुरी, पराठा, मःम, फ्राइड राइस लगायत बन्छ ।

अहिलेको समयमा मदर्स किचेनले बनाउने परिकारमध्ये पानीपुरी रुचाउने ग्राहकको संख्या धेरै रहेको दिप्ती बताउँछिन् ।
‘मदर्स किचन’ ले खाना/खाजा डेलिभर गर्ने समय र अर्डर कसरी गर्ने ?
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खाना–खाजा डेलिभरी गर्छ । ग्राहकको सहजताको लागि फुडमान्डु, भोजडिल र पठाओ फुड जस्ता अनलाइन डेलिभरी एपबाट मदर्स किचनको खाना–खाजा अर्डर गर्ने सुविधाको व्यवस्था छ । डेलिभरीका लागि आफ्नै एउटा भ्यान र दुइटा मोटरसाइकल छन् । यसबाहेक मदर्स किचेनको वेवसाइड, https://www.motherskitchennepal.com र वेवसाइडमा राखिएको नम्बरमा पनि फोन गरेर अर्डर गर्न सकिन्छ ।
‘मदर्स किचन’ ले खाना/खाजाको मुल्य कति ?
प्रायजसो दैनिक सबै परिकारको मुल्य न्युनतम १६५ रुपैँया छ । हप्तामा १५५ र महिनामा १५० गरि खाना/खाजाको मुल्य निर्धारण गरेको छ । प्रत्येक खाना/खाजाको परिकारको मुल्य मदर्स किचेनको वेवसाइडमा राखिएको छ ।
दिप्ती पढाइलेखाइमा पनि उत्तिकै अब्बल छिन् । उनले भारबाट बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर पुरा गरेर केहि समय उतै काम पनि गरिन् । ग्राफिक डिजानइरमा साह्रै इच्छा र चाहना भएकाले ग्राफिक डिजानइनिङ् कोर्ष गरेर त्यस्तै केहि समय काम गरेको अनुभव पनि रहेको उनी बताउँछिन् ।
अहिले दिप्ती पार्ट टाइम कमिन्युकेसन डेभलपमेन्ट, मोटिभेसनल लगाइतका प्रशिक्षार्थीहरुलाई ट्रेनिङ दिने काम पनि गर्छिन ।
सुरुवातीदेखि आमाको सहयोगले सञ्चालन गरेकाले सुन्दा पनि राम्रो लाग्ने भएकाले मर्दस किचन नाम राखेको दिप्तीको भनाइ छ।
दिप्ती भन्छिन्, ‘नेपालमा रोजगारका विभिन्न प्रकारका अवसरहरु रहेका छन् । आफुले भित्री मनदेखि एउटा अठोटका साथ काम गर्यो भने सफल भइन्छ । काम गर्दा उतारचढाव आउछन् तर ती समस्याबाट सिकेर अगाडि बढ्यो भने पक्कै सफल भइन्छ ।’
दिप्ती र उनकी आमासँग कुराकारी ।