• २०८३ असार १३
  • 2026 June 27, Saturday

लागु औषधसहित चार जना पक्राउ, थप अनुसन्धान जारी

काठमाडौं । प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन घर भई कामनपा ०९ बस्ने ५१ वर्षकी लक्ष्मी परियार, धनगडी घर भई हाल का.जि. कामनपा ०९ बस्ने बर्ष ३५ को ईन्द्र ब. साउँद, दोलखा घर भई हाल का.जि. कामनपा ०९ बस्ने बर्ष ३४ की सृजना बि.क र काठमाडौं कामनपा. ०९ बस्ने बर्ष ५१ की मिना बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार सिनामंगल स्थित सुकुम्बासी टोलमा लागु औषध कारोवार भई रहेको भन्नेसूचना प्राप्त भए पश्चात उक्त स्थानमा पुगी निम्न व्यक्तिहरुको घर खानतलासी गर्ने क्रममा लागु औषध फेलापारी बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको छ ।