
काठमाडाैं । विपक्षी आम आदमी पार्टीका नेता संजय सिंहले मोदी सरकारले तिहाड जेललाई ग्यास च्याबरमा बदल्न चाहेको बताएका छन् ।
उनले तीन पटक बहुमतले निर्वाचित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई मोदी सरकार हिटलर शाहीको नियमअनुसार जेलमा राखेको बताए ।
सिंहले खुंखार अपराधीलाई भन्दा कडा निगरानीमा राखी मुख्यमन्त्रीलाई यातना दिएको बताएका हुन् । दुई दिन पहिले केजरिवालले आफ्ना वकिलसँग कुरा गर्दै गर्दा जनतालाई एक सन्देश पठाएका छन् । उनले आफ्ना पार्टीका सबै कार्यकर्तालाई जनताका घरघरमा गएर उनीहरुका समस्या सुन्न सन्देश पठाएका थिए ।
उनले भने- ‘मोदी सरकार यहि सन्देशलाई बहाना बनाएर अर्को जाँच गराउन चाहेको छ ।’ केजरिवाललाई परिवार र वकिलसँग पनि भेटघाट गर्न नदिने धम्की दिइएको छ । सिंहले केजरिवाललाई कुन अपराधका लागि यस्तो सजाय दिएको ? के उनले राम्रो शिक्षा, निःशुल्क पानी, विजुली, बसयात्रा दिएकोमा उनलाई सजाय दिएको हो ? भन्दै मोदी सरकालाई प्रश्न सोधेका छन् ।
आठ दश जना प्रहरीले केजरिवाललाई घेरेर सोधपुछ गर्ने गरिएको उनले बताएका छन् । वकिल र आरोपितबीच हुने कुराकानी कसैले सुन्न पाउदैन । तर त्यहाँ पनि आठदश जना प्रहरीले घेरर कुरा गर्न बाधा पुराइएको छ । यो व्यवहार हटलरशाही भएको उनले बताए । केजरीवाललाई धम्की दिएर गलाउने प्रयास भएको पनि उनकाे जिकीर छ । उनले भने, ‘अरविन्द केजरिवाल झुक्ने छैनन् । यो अन्यायको सजाय दिल्लीको दुई करोड जनताले दिने छन् ।’
एक पत्रकारको प्रश्नको जवाफमा सिंहले मोदी सरकारले जेलका कर्मचारीलाई समेत स्वतन्त्र रुपमा काम गर्न नदिएको बताए । भेटघाट गर्ने समय दिएर पछि फेरि रद्ध गरिएको छ ।
सिहंले भने- छानबिन हुने पर्ने भाजपाको हो । ‘मोदी सरकारले पुँजीपतिको १५ लाख करोड माफी गरिदिएको छ । यसले नोटबन्दीको घोटला गर्यो । एकै व्यक्ति अडानीलाई देशका बिजुलीदेखि पानीसबै सम्पत्ति दियो ।’ उनले असी करोड मान्छेलाई पाँच केजी अन्न दिएर सरकार चलाउने भाजपा सरकारसँग केजरिवाललाई नैतिक प्रश्न सोध्न हैसियत नभएको बताए ।
नेता सिंहले भने, ‘यो नैतिकताको कुरा होईन । त्यसो हुथ्यो त मणीपूरमा सेनाकी पत्नीलाई नांगै घुमाइँदा राजीनामा हुन्थ्यो ।’ अनेक घोटालामा संलग्नलाई आफ्नो पार्टीमा ल्याएर भाजपाले नैतिकताको कुरा गर्न नसुहाउने सिंहको जिकिर थियो ।
‘म फेरि भन्छु, यो प्रश्न नैतिकताको होइन । यो प्रश्न भारतको लोकतन्त्रलाई बचाउने हो । आज केजरिवालले राजीनामा दिए सबै विपक्षीलाई समाप्त पारिने छ ।’ संजय सिंह ६ महिनासम्म जेलमा बसेर अदालतको आदेशमा जमानतमा बाहिर आएका छन् । उनी अघिल्लो हप्ता छुटेका हुन् ।