• २०८३ असार १६
  • 2026 June 30, Tuesday

राष्ट्रपति पौडेलले गरे सपनातिर्थ मन्दिरमा पूजाअर्चना

हुलाक सञ्चार

  • २०८१ वैशाख १, शनिबार ०५:२०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरेका छन् ।नयाँ वर्षको अवसरमा पौडेलले श्रीमति सबिता पौडेलसहित काठमाडौंबाट करिब १० किलोमिटर दूरीमा पर्ने उत्तरी भेग टोखा नगरपालिकावडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा आज पूजा अर्चना गरि फूलप्रसाद ग्रहण गरेका हुन् ।

नयाँ वर्ष २०८१ को अवसरमा सपनतीर्थमा परम्परागत जात्रा तथा मेला एक हप्तासम्म लाग्ने गर्दछ । सपना तिर्थ मन्दिर परिसरमा लाग्ने सपन तीर्थ मेलाका लागि ‘सपन तीर्थ पोखरी’ क्षेत्रमा सजावट गरिएको छ । सो मेलामा काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानबाट आजको दिन आउने भक्तजनले पोखरीमा स्नान गर्ने गर्दछन् ।

सपन तिर्थ पोखरीमा स्नान गर्नाले निःसन्तानलाई सन्तान हुने तथा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको छ ।राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा सांसद प्रदिप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोललगायतले पौडेललाई स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका पदाधिकारीले मायाको चिनो समेत प्रदान गरेका छन् ।

  • २०८१ वैशाख १, शनिबार ०५:२०