
काठमाडौं । एसिसि प्रिमियर कपमा नेपालले एक विकेट गुमाएको छ । ओमनमा हिजोदेखि सुरु भएको नेपालको कतार विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको हो ।
अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका ओपनर कुशल भुर्तेल २ ओभर ४ बलमा आउट भए । उनले १० बलमा १२ रनमात्र जोडे । अर्को ओपनर आसिफ शेख ४ बलमा २ रन बनाइ खेलिरहेका छन् । २.४ ओभरमा नेपालले १८ रन बनाएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा हिजो मलेसिया माथि ५ विकेटको जित दर्ता गरेको थियो ।
अल अमेरत क्रिकेट मैदानमा हुने खेलमा टोलीका अलराउण्डर करण केसीलाई बेन्चमा राखिएको छ । करण केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।