काठमाडौं । एसिसि प्रिमियर कपमा नेपालले तेस्रो विकेट गुमाएको छ । ओमनमा हिजोदेखि सुरु भएको नेपालको कतार विरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो ।
अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका कुशल मल्लले १७ बलमा ३५ रन बनाएर आउट भए ।
कप्तान रोहित पौडेल १६ बलमा १८ रन, ओपनर कुशल भुर्तेल १० बलमा १२ रन जोडेर आउट भएका थिए । तीनै खेलाडी क्याच आउट भएका छन् ।
ओपनर आसिफ शेख ३९ बलमा ५० रन बनाइ खेलिरहेका छन् । नेपालले अहिले १३.४ ओभरमा नेपालले १२० रन बनाएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा हिजो मलेसिया माथि ५ विकेटको जित दर्ता गरेको थियो ।
अल अमेरत क्रिकेट मैदानमा हुने खेलमा टोलीका अलराउण्डर करण केसीलाई बेन्चमा राखिएको छ । करण केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।