दिपेन्द्रले अन्तिम ओभरको ६ बलमा हाने ६ छक्का, कतारलाई २ सय ११ रनको लक्ष्य

काठमाडौं । एसिसि प्रिमियर कपमा दिपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । उनले २१ बलमा ६४ रन बनाएर नटआउट खेले । कतारका कमरनको बलमा ऐरीले ६ छक्का हानेका हुन् ।

ओमनमा हिजोदेखि सुरु भएको नेपालको कतार विरुद्धको खेलमा नेपालले २० ओभरमा २ सय १० रन बनाएको छ ।

अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका ओपनर आशिफ सेख ४० बलमा ५२ रन बनाएर आउट भए । कुशल मल्लले १७ बलमा ३५ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल १६ बलमा १८ रन, ओपनर

कुशल भुर्तेल १० बलमा १२ रन जोडेर आउट भएका थिए ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१