
भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार भाजपाले आगामी निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरिरहेको छ ।
भाजपाले घोषणा पत्रलाई संकल्प पत्र नाम दिएको छ । जसमा विभिन्न योजनाहरु सुनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेका ती योजनामा आगामी वर्षहरुमा घरघरमा पाइपमार्फत ग्यास पुर्याउने बताएका छन् ।
उनले भाजपा सरकारले अहिलेसम्म ४ करोड गरिबको घर बनाइदिएको र अब बाँकी रहेका ३ करोड गरिब जनताको पनि घर निर्माण गरिदिने बताएका छन् । अहिलेसम्म सुलभ मूल्यमा ग्यास सिलिण्डर घरघरमा दिएको बताउँदै अबको योजना पाइपमार्फत घरघरमा सस्तो ग्यास पुर्याउने बताएका छन् । यो काम तीव्र रुपमा हुने संकल्प पत्रमा उल्लेख छ ।