• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

जलवायु परिवर्तनको असरबारे सचेत गराउन कला प्रदर्शनी

हुलाक सञ्चार

  • २०८१ वैशाख २, आइतबार ११:५३

काठमाडौं । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको वृद्धिका कारण हिमालय क्षेत्रमा परिरहेको असरका बारेमा विश्व समूदायलाई सचेत गराउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘हिमालयको रहस्य र सिर्जनावृत्ति–२०८१’ कला प्रदर्शनी गरेको छ ।प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कला प्रदशनीमार्फत प्रकृतीको विम्ब प्रस्तुत गरिएको बताए ।

कला प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हार्तम्छालीले यस प्रदर्शनले हिमाल, जैविक विविधता तथा हिमाल र सिमसार क्षेत्रबीचको प्रभाव एवम यसले मानव जिवनमा पार्ने प्रभावको चित्रण गरिएको उल्लेख गरे ।उनले भने, ‘यो प्रदर्शनीमा हिमालले पार्ने प्रभाव र हिमालले इको सिस्टममा पारेको प्रभावका बारेमा प्रदर्शनी भइरहेको छ । हिमालले पर्यावरणमा जैविक विविधतासँग र सिमसारसँग जोडिने साथै मानव जीवनलाई जोड्ने प्रयास गरेको छ । त्यसैले मैले यो कला प्रदर्शनीलाई तीनवटा रुपमा लिएको छु ।’

‘हिमालको नेपाल र नेपालको हिमाल’ पर्यावाची जस्तै भएको उल्लेख गर्दै बताउँदै उनले हिमालको अस्तित्व नेपालको पर्यावरणसँग पनि जोडिएको बताए ।ओजन तहमा असर पर्दा हिमाली क्षेत्र दूषित भएकाले सो सम्बन्धमा कलामार्फत सचेत गराउन कला प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले केहीअघिको नेपाल भ्रमणका क्रममा हिमाल हेरेर चिन्ता प्रकट गरेका थिए । साथै दुबईमा सम्पन्न कोप–२८ मा नेपालको मुख्य प्राथमिकताको विषय नै हिमाल जोगाउनुपर्नेमा थियो ।

  • २०८१ वैशाख २, आइतबार ११:५३