विहारका राजनीतिक टाइकुन लालु यादवकी छोरीः यो निर्वाचनमा रामकृपाल यादवलाई हराउन सक्लीन्

भारतमा लोकसभा चुनावको उत्साह बढ्दै गएको छ । शुक्रबार पनि पहिलो चरणको निर्वाचनका लागि देशका धेरै ठाउँमा मतदान भइरहेको छ ।बिहारमा चुनावी सर्गर्मी लगातार बढ्दै गएको छ । यसैबीच भाजपा गठबन्धन र राजद गठबन्धनबीचको प्रचारबाजि पनि बढेको छ। बिहारमा धेरै सिटहरुमा रोचक प्रतिस्पर्धा छ ।

ती सिटहरूमध्ये एउटा पाटलीपुत्र सिट हो। यस सिटमा फेरि रामकृपाल यादवसँग मिसा भारती चुनावी मैदानमा छिन् ।गत निर्वाचनमा पनि यी दुवै आमनेसामने भएका थिए । जसमा रामकृपाल यादव विजयी भएका थिए । रामकृपाल यादवलाई कुनै समय लालुप्रसाद यादवको निकटतम मानिन्थ्यो ।त्यतिबेला रामकृपाल यादव र मीसा भारतीलाई ‘काका भतिजी’ भनेर पनि चिनिन्थ्यो ।

२०१४ सालमा पहिलो पटक चुनावी मैदानमा यो काका–भतिजीको जोडी आमनेसामने भएको थियो, त्यतिबेला पनि रामकृपाल यादवले मीसा भारतीलाई चुनावमा पराजित गरेका थिए । रामकृपाल यादवले २०१४ मा नै राष्ट्रिय जनता दल छोडेका थिए । भाजपाको टिकटमा पाटलीपुत्रबाट लोकसभामा पुगेपछि रामकृपाल यादव केन्द्र सरकारमा पनि मन्त्री बनेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१