केन्द्र सरकारले राज्यको शक्तिको प्रयोग गरेर विपक्षीलाई हराउन खोजदै : भारतीय कांग्रेस महासचिव सचिन पायलट

राजस्थानका पूर्व उपमुख्यमन्त्री तथा कंग्रेसका महासचिव सचिन पायलटले केन्द्र सरकारले राज्यको शक्तिको प्रयोग गरेर संवैधानिक संस्थालाई कमजोर बनाउन र विपक्षीलाई हटाउन खोजेको बताएका छन् ।  इंडिया गठबंधन बारेमा बोल्दै सचिन पाइलटले राज्यका सहयोगीहरूलाई धेरै सिट  दिन कांग्रेस पार्टीले धेरै ठाउँमा आफ्नो स्वार्थसँग सम्झौता गरेको पनि बताए ।

कांग्रेस इंडिया गठबंधन को सबैभान्दा ठूलो दल हो सँगै गठबंधन लाई अगाडी बढाउने जिम्मेवारी पनि कांग्रेसको नै हो ।  गिरफतार गरिएका दिल्लीका मुख्यमंत्री अरविंद केजरीवाल र झारखंड का पूर्व मुख्यमंत्री हेमंत सोरेन का समर्थन मा शनिवार को दिल्ली को रामलीला मैदान चुनावि प्रचार प्रसार भएको थियो ।

सिट बाँडफाँडमा किन ढिलाइ भएको भन्ने प्रश्नमा सचिन पाइलटले भने, ‘हाम्रो गठबन्धनमा २४ राजनीतिक दल छन्, हरेक क्षेत्रीय दलले आफ्नो राजनीतिक जग जोगाउनुपर्छ, दिन र समय लाग्न सक्छ । उनले भने, “बिहारमा हाम्रा सिट बाँडफाँड भएका छन्, महाराष्ट्रमा एक–दुई सिटलाई लिएर झगडा छ, त्यसमा वार्ता भइरहेको छ।

जनताको राजनीतिक महत्वाकांक्षा र देशको आवश्यकतालाई बुझ्नुपर्छ । हामी सबै एकजुट भएर चुनाव लडिरहेका छौ । इंडिया गठबंधन सबै दलहरू एकजुट भएर चुनाव लड्नेछन्। सन् २००४ मा वाजपेयी जीले इन्डिया शाइनिङको नारा दिएजस्तै सन् २०२४ मा पनि त्यस्तै हुनेछ। कांग्रेसको नेतृत्वमा सरकार आयो।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१