• २०८३ असार १६
  • 2026 June 30, Tuesday

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्दै

  • २०८१ वैशाख ८, शनिबार १०:०५

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजबाट हुँदैछ ।ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि (आइतबार) सम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुनेछन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यस्तै अन्य विभिन्न आयोगका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् । केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

आयोगका प्रतिदनबाहेक एमालेले पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समीक्षा गर्ने, मिसन ग्रासरुट, मंसिरमा गरेको झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछ ।एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ ।

  • २०८१ वैशाख ८, शनिबार १०:०५