• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ गर्दै, यस्तो छ प्लेइङ-११

काठमाडौं । एसिसि प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको हङकङसँगको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् ।

नेपालले शुक्रबार युएईविरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको थियो । नेपालले आजको खेलमा सेमिफाइनलमा खेलेको प्लेइङ ११ उतार्ने भएको छ ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र ललित नारायण राजवंशी अटाएका छन् ।
अनिल शाह, विवेक यादव र प्रतिश जिसी बेन्चमा छन् ।
खेल नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुँदै छ । आजको खेलको विजेता एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।