युट्युवबाटै अर्बाै कमाउने मिस्टर बिष्टको कहानी (भिडियो सहित)

काठमाडौं । सामाजिक सञ्जाल युट्युवबाटै बार्षिक २ दशमलव ६ करोड डलर अर्थात करिब ४ अर्व रुपैँया कमाउने विश्वका चर्चित युट्युवर हुन् मिस्टर बिष्ट ।

युट्युवर बन्ने सपनाले स्कुल छोड्दा घरबाट निकालिएका बिष्ट अहिले विश्वका सबैभन्दा धेरै फलोर्स् भएका दोस्रो चर्चित युट्युबरका रुपमा निकै चर्चित छन् ।

मिस्टर बिष्ट ! सन् १९९८ मा अमेरिकाको नर्थ क्यारोलिना सहरस्थित ग्रिनविल सहरमा जन्मेका जिम्मी डोनाल्डसन सामाजिक सञ्जालको संसारमा मिस्टर बिष्टको नामले फेमस छन्् । उनी विश्वका कन्टेन क्रियटरमध्ये पहिलो नम्बरमा र यस्तै विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका दोस्रो युट्युवरमा पर्छन् । मिस्टर बिष्टको नामबाट उनको आफ्नै युट्युब च्यानल छ । उक्त च्यानलमा २५ करोड सब्सक्राइबर छन् । यस्तै मिस्टर बिष्टका अन्य ४ वटा बिष्ट फिल्यान्थ्रोपी, मिस्टर बिष्ट गेमिङ्, बिष्ट रियाक्ट्स, मिस्टर बिष्ट टु नाम गरेका सब च्यानलहरु पनि छन् ।

सन् २०१२ देखि युट्युव यात्रा सुरु गरेका विष्टले नोभेम्बर २०२१ देखि स्क्विट गेम खेलाउन थालेका हुन् । मानिसहरुलाइ मन पर्ने मनोरञ्जनात्मक गेमहरु खेलाएर दर्शकहरुलाई मनमोहित बनाउने काम गर्छन् । १२ वर्षको हुँदादेखि नै युट्युबमा भिडिओ पोस्ट गर्ने मिस्टर बिष्टले सामाजिक सञ्जाल युट्युवबाट नै आफ्नो पहिचान बनाए ।

जती उनी युटुयुवमा सक्रिय छन् त्यती नै उनी सामाजिक सञ्जाल फेसबुक, इन्ष्ट्राग्राम र एक्समा पनि छन् । मिस्टर बिष्ट नाम रहेको फेसबुक अकाउन्टमा १ करोड ८० लाख, इन्ष्ट्राग्राममा ५ करोड १७ लाख मिलियन र एक्समा २ करोड ९३ लाख फलोर्स् छन् । सामाजिक सञ्जाल एक्समा एउटा भिडियो अपलोड गरेवाफत उनले २ लाख ६३ हजार डलर अर्थात करिब ३ करोड रुपैँया कमाएका थिए । अनलाइन संसारमा मिस्टर बिष्ट नामले परिचित भएपनि उनको रियल नाम हो जिम्मी डोनाल्डसन ।

सन् २०१६ मा उनले स्कुलको पढाइ छोडेर भिडिओहरु कसरी भाइरल हुन्छन् भन्ने खोजी गर्न थाले । त्यतिखेर उनी १६ वर्षका थिए । ५ वर्षयता भिडिओ पोस्ट गरे पनि उनी सफल बनिरहेका थिएनन् । तर उनले आफ्नो युट्युबर बन्ने सपनालाइ मिहेनत र परिश्रमले निरन्तरता दिए ।

उनले २०१७ मा पहिलो भिडिओ भाइरल भयो । उक्त भिडिओमा उनले आफ्नो कोठाको कुर्सीमा बसेर १ लाखसम्म गणना गरेका थिए । यसमा उनलाई ४० घण्टा लागेको थियो । त्यसपछि उनको फलोअर पनि बढ्न थाल्यो र विज्ञापन पनि आउनथाल्यो ।

युट्युबर बन्छुभन्दा छोरालाइ घरबाट निकालिदिएकी आमाले अहिले उनको एकाउन्ट उनकी आमाले सम्हालिरहेकी छिन् । सानै उमेरमा युट्युब करिअर सुरु गरेका विष्टले सुरुमा धेरै संघर्ष गरेका कारणले होला उनका हरेक भिडिओमा लाखौँ करोडौं भ्युज आइरहन्छन् ।

सामाजिक सञ्जालभरि राज गरिरहेका यती चर्चित युट्युवर कसरी कमाउन्छन् कति कमाउन्छन् र सम्पत्ति कति होला ? भन्ने तपाइको जिज्ञ्यासा पक्कै हुनसक्छ ।

युट्युबबाट मिस्टर बिष्टले वार्षिक २ दशमलव ६ करोड डलरभन्दा धेरै कमाउँछन् । उनी आफ्नो युट्युब च्यानलमा विज्ञापनका माध्यमबाट कमाइ गर्छन् । आफ्नो मुख्य युट्युब च्यानलको लागि १० लाख डलर स्पोन्सरसिप शुल्क लिन्छन् । यसका साथै हरेक महिना व्यापारबाटै करिब २५ लाख डलर कमाउँछन् । मिडिया रिपोर्ट्सअनुसार उनको कुल सम्पत्ति नै १० करोड डलर छ ।

बिष्टका साना बालबालिकादेखि वृद्धवृद्धासम्मको फ्यानहरु छन् । उनले गेम मात्रै खेलाउदैनन् । समाजमा गरिब, असहाय मानिसहरुको सहारा पनि बन्ने गर्छन् । बिष्टले सिन्धुलीको फिक्कलमा रहेको एउटा अस्पताललाई सोलार बत्तीले झिलीमिली बनाएको कुरा प्रायः सबैलाइ अवगतनै होला । त्यसैले पनि होला विश्वभरि उनलाइ धेरै माया मानिसहरुको कमी छैन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१