गोदावरी नगरभित्रका वनमा लागेको डढेलो नियन्त्रण बाहिर, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामूदायिक बनमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ । वडा नम्बर ४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भइसकेको छ ।

प्रहरीका अनुसार आगलागी निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएको र शंकरको उपचारका क्रममा निधन भएको छ । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो ।

वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीका अनुसार आगो नियन्त्रणको प्रयास जारी राखिएको भएपनि नियन्त्रणका समस्या भइरहेको छ । आगो नियन्त्रणका लागि गएका स्थानीयलाई स्वास्थ्यमा समस्या आएपछि अक्सिजन समेत दिनुपरेको उनले बताए । बनमा सल्ला, धुपी जस्ता रुखहरु रखेको र हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको उनले बताए ।

गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन । सिहंदरबार नजिकै रहेको सामूदायिक बनमा लागेको आगलागी नियन्त्रणमा संघीय सरकारले पहल नगरेको स्थानीयको गुनासो छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७