राप्रपा केन्द्रीय समिति सल्लाहकारमा विष्णुप्रसाद दाहाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) को केन्द्रीय सल्लाहकार समिति सदस्यमा विष्णु प्रसाद दाहाल मनोनित भएका छन् ।

राप्रपा काठमाडौं क्षेत्र नंम्बर–७ का पूर्व अध्यक्ष समेत रहेका दाहाललाई राप्रपाको केन्द्रीय सल्लाहकार समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार मनोनित गरेका हुन् ।

पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई दाहालले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष लिङ्देनले आज दाहाललाई स्वागत गर्दै वधाई एवं शुभकामना दिएका छन् ।

अध्यक्ष लिङ्देङसँगको भेटपछि दाहालले पार्टीको बृहत्तर हितमा नीति र सिद्धान्तभित्र रहेर आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७