• २०८३ साउन १०
  • 2026 July 26, Sunday

वेस्टइन्डिज ‘ए’सँगको तेस्रो हारसँगै नेपालले सिरिज गुमायो

चौथो टी-२० मा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङका बावजुत नेपालले वेस्ट इन्डिज ‘ए’ सँग २८ रनको पराजित भोगेको छ। जितसँगै एक खेलअघि नै वेस्ट इन्डिजले सिरिज कब्जा गरेको छ।

पहिलो खेल नेपालले जित्दा वेस्ट इन्डिजले लगातार तीन खेल जितेर सिरिजमा ३-१ को अग्रता लिएको छ।  बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अलआउट भयो।