
कताबाट फुकाउ मेरा खुशीहरु
कताबाट लुकाउ मेरा खुशीहरु आमा
सबैतिर पुर्णता मात्र देख्छु आमा
कताबाट झुकाउ मेरा खुशीहरु
मेरि आमा जन्मायौ मेरि आमा
अनि सुनौलो बाटो पनि
आफै देखायौ
तोते बोलिमै म रुँदा मेरि आमा
काखमा राखी फकायौ अनि
आफ्नो न्यानो काखमा
लिप्त बनायौ
आफू हरेक पिडा र मर्म सहेर पनि
मेरि आमा
मलाई आँधी र हुरि अनि आउने
हरेक समस्या बाट छेकायौ
मलाई ठुलो बनाउन
कति सम्म गरिनौ मेरि आमा
आफ्नो हातमा ठेला उठाएर अनि
पेट खाली राखेरै भए पनि
मलाइ पढायौ
अनि लेखायौ आमा
सपनीको ठुलो आसा
मैले बोकिरहदा मेरि आमा
आफ्नो ममता बाट त्यस्को
गोरेटो पनि आफै देखायौ
म आफैलाई धन्य सम्झन्छु मेरि आमा
जहाँ तिम्रो मुहारको हँसिलो चमकले
मेरा कयौं अन्धकार रातहरुलाई
पनि ज्योतिको आभास देखायौ
हो मेरि आमा म तिम्रो
मात्सल्य्को पक्कै ऋणि छु
तर पनि दिलको भित्री कुनाबाट
सम्पुर्ण तबरले म पुर्ण भएको
एउटा ज्वलन्त उदाहरण देखायौ
त्यसैले मेरि आमा तिमी अनि
सृष्टिको सर्बोच्च शक्ति पनि तिमी
एउटा मुर्तिकारको सिल्प आकार दियौ
जिवनको रंगिन आभास देखायौ
मेरा रोगी रोजाइहरु पन्छाउदै
मेरा कयौं बदमासीहरुलाई दबाउदै
समयलाई पछयाउने बनायौ
अप्ठ्यारोमा हास्न सिकायौ
खुशीमा रम्न सिकायौ
पहाडको त्यो उकालो
अनि ओरालिमा उल्लासले
रम्न सिकायौ
हो आमा तिमी महान छौ
सायद म सङ तिम्रो लागि खर्चिन
शब्दनै प्रयाप्त छैन
केबल मात्सल्य प्रेरित
मनको भाव पोख्ने कोशिश मात्र
साँच्चै आमा म जताबाट हेर्छु
पुर्णता पाउछु
किनकी मलाइ तिम्रो साथ छ
अनि मेरो टाउकोमा तिम्रो हात छ
आज
मेरो सोचाइ निखारिएको छ
बुझाइ तिखारिएको छ
भाव र भावनाहरु बद्लिएको छ
सबै माझ म भिज्न सक्ने भएको छु
आफै निर्णय लिन सक्ने भएको छु
निडरतका साथ बोल्न सक्ने भएको छु
हो आमा म बिल्कुल तिमिमै गएको छु
कठिन साथमा पनि
मुस्कानले शक्ति दिने
दुखमा साथरुपी हात दिने
मेरो पहिलो गुरु
पहिलो प्रेम
पहिलो साथी तिमी नै हौ आमा
हो आमा
मेरा लागि किस्मत पनि तिमी
सृष्टिकर्ता पनि तिमी नै हौ
विधाता पनि तिमी अनि
सबै भन्दा शक्तिशाली पनि तिमी
हो आमा
मेरा लागि तिमी नै भगवान् हौ
तिमीनै आकाश हौ अनि
तिमी नै धर्ती हौ !