• २०८३ साउन १
  • 2026 July 17, Friday

बेपत्ता स्नेहा लामिछाने एक हप्तापछि फेला

काठमाडौं । बेपत्ता स्नेहा लामिछाने एक हप्तापछि फेला परेकी छन्। कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि आज पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी हुन् ।

उनलाई खोज्न प्रहरी र आफन्त बुधबार साँझ आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ भने के कारणले उनी त्यो अवस्थामा पुगीन र परिवारबाट सम्पर्कविहिन भईन जानकारी लिन बाँकी रहेको प्रहरीले बतायो ।

स्नेहाको मोबाइल १९ वैशाखदेखिनै स्वीच अफ थियो । चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।