काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का वर्तमान सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ लाई कानूनी दायरामा ल्याउने उनको चेतावनी छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पारसले विभिन्न व्यक्ति र संस्थाबाट अपुष्ट एवं आधारहिन तरिकाले आफूमाथि व्यक्तिगत आरोप लगाइएको बताएका छन् ।
सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको भन्दै उनले उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने उल्लेख गरेका छन् ।
‘यो सबैका बीचसमेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’ पारसले लेखेका छन् ।
पारस भन्छन् ‘नेपालको कानुनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ’,