• २०८३ असार १६
  • 2026 June 30, Tuesday

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, बैठक केही समयका लागि स्थगित

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा ‘संसदीय छानविन समिति गठन गर’ भन्दै कांग्रेसले नाराबाजी गरेर बैठक अवरोध गरेको हो ।

सहकारीको रकम अवैध चलन गरेको बिषयमा संसदीय छानविन समितिको मागबाट पछि नहटेपछि बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध भएको हो ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

कांग्रेसको उक्त विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।