नइका चार कृतिको लोकार्पण

काठमाडौँ । वानीरा फाउन्डेसनले आइतबार एक समारोहबीच काठमाडौंमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्ती मनायो ।

सोही अवसरमा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गरे ।

प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्रा.डा.सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि : ललितत्रिपुरसुन्दरी’, डा.अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास’ र अणुराज जोशीद्वारा सामू उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृतिहरु लोकार्पण भएका हुन् ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सुनीता कार्की, प्रा.डा.सावित्री कक्षपती, डा.अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे मन्तव्य प्रकट गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१