स्ट्रिप च्याटमार्फत बालबालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा महिला पक्राउ

काठमाडौं– स्ट्रिप च्याटमार्फत बालबालिकालाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपलाचोकको पाँचपोखरी घर भई हाल काठमाडौंको माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारी रहेकी छन् ।

अधिकारीले आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी लगाइदिने भन्दै सामाजिक संजालमा ९स्ट्रिप च्याटस् निस् शुल्क लाइभ सेक्स क्याम र नग्न केटीहरूसँग वयस्क कुराकानीमा० विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत लाइभ भिडियो च्याटमा बसी स्ट्रिप च्याटका ग्राहकसँग अश्लील कुराकानी गर्न लगाउने र बढी आम्दानी गर्नको लागि टोकन अर्न गर्नुपर्ने र सोको लागी आफ्नो शरीरको कपडा खोली यौनाङगसमेत प्रदर्शन गरी अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लील सामाग्री निर्माणमा प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

उनलाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१