आइपीएल:वर्षाका कारण कोलकाता र गुजरातबीचको खेल रद्द,

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल बर्षाका कारण रद्द भएको छ । आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक लिए । यसले गुजरात टाइटन्सलाई कुनै फाइदा भएन । तर, कोलकाता भने शीर्ष दुईभित्र रहेर क्वालीफायर १ खेल्ने पक्का भएको छ ।

कुनै न कुनै रूपमा प्लेअफमा पुग्न शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्सले आफ्ना दुवै खेल जितेर १४ अंक जोड्नु परेको थियो र त्यसपछि अन्य टोलीको नतिजामा भर परेको थियो । तर, केकेआरविरुद्धको खेल रद्द भएपछि टोलीले एक अंक मात्र पाएको छ र अहिले १३ खेलबाट ११ अंक जोड्दै आठौं स्थानमा छ । यस्तो अवस्थामा गुजरातको टोलीले आफ्नो अन्तिम खेल जित्यो भने पनि उसको १३ अंक मात्रै रहने छ, जहाँ हाल १४ वा सोभन्दा बढी अंक भएका चार टोली छन् । यस आधारमा अब गुजरात टाइटन्सको अगाडि बढ्ने सबै सम्भावना समाप्त भएको छ ।

हालको सिजनमा केकेआरको प्रदर्शन निकै राम्रो रह्यो र टोलीले प्लेअफमा पनि स्थान बनाएको थियो । यससँगै आइतबारको खेल रद्द भएपछि उसको अब १३ खेलमा १९ अंक छ र टोली पहिलो स्थानमा छ भने एक खेल बाँकी छ । १६ अंक र दुई खेल बाँकी रहेको राजस्थान रोयल्सले मात्र कोलकाताको टोलीलाई उछिन्न सक्छ। यस्तो अवस्थामा श्रेयस अयरको टोली दोस्रो स्थानमा रहे पनि क्वालिफायर १ खेल्ने पक्का छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१