फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा (तस्बिरहरु)

काठमाडौं। बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चाको उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका छन् ।

फल्चालाई स्थानीयहरुको निगरानीमा नगर प्रहरीले सहयोग गर्नेछ । वडा सचिव सुवोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको विसौनी आजबाट सञ्चालन भयो । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको विसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ ।

यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१