सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी

काठमाडौं । बलात्कार अभियोग लागेका सन्दीप लामिछानेको मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ ।

आज पेशी तोकिएकोमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा परेको छ । यसअघि यही वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा परेको थियो ।

मंगलबार एक नम्बरमा रहेको सन्दीपको मुद्दामाथि न्यायाधीशद्वयको इजलासमा सुनुवाइ सुरु भइसकेको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१