लखनऊमाथि दिल्लीलाई १९ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्टसलाई १९ रनले पराजित गरेको छ ।जितसँगै तालिकामा १४ अंक बनाए पनि प्लेअफमा पुग्ने आशा एकदमै न्यून रहेको छ । अहिले दिल्ली तालिकाको पाँचौं स्थानमा छ । अन्य टिमको नतिजाका आधारमा दिल्लीको प्लेअफ यात्रा टुंगोमा पुग्ने छ ।

दल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । जवाफमा लखनऊले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो ।टस हारेर ब्याटिङ गरेको दिल्लीको टोलीलाई २०८ रनसम्म पुयाउन अभिषेक पोरेल र ट्रिस्टन स्टब्सले महत्वपूर्ण योगदान दिएका थिए । अभिषेक पोरेल पनि ३३ बलमा ५८ रन बनाएर पभेलियन फर्किए । पोरेलले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे ।

इनिङ्सको अन्त्यमा स्टब्सले २५ बलमा ३ चौका र ४ छक्का सहित ५७ रनको उत्कृष्ट इनिङ खेले । यी दुई ब्याट्सम्यान बाहेक शाई होपले ३८ रन र कप्तान ऋषभ पन्तले ३३ रनको योगदान दिए भने ज्याक फ्रेजर म्याकगुर्कले खाता नखोल्दै आउट भए । लखनउका लागि नवीन उल हक महँगो साबित भए पनि उनले अधिकतम २ विकेट लिए ।
२०९ रनको कठिन लक्ष्य पछ्याउने क्रममा लखनउको सुरुवात निकै खराब रह्यो । कप्तान केएल राहुल ५ रन, मार्कस स्टोइनिस ५ रन, क्विन्टन डी कक १२ र दीपक हुडा खाता नखोली नै पभेलियन फर्किए । लखनऊले ४४ रनको स्कोरमा ४ विकेट गुमाएपनि अर्को छेउमा निकोलस पुरनले तुफानी ब्याटिङ जारी राखे ।

पुरानले २७ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट इनिङ खेले । मध्यक्रममा आयुष बडोनीले ६ रन जोड्दा क्रुणाल पाण्ड्याले १८ रन बनाए पनि अन्तिममा अरशद खानले ५८ र युधवीर सिंह चरकले १४ रन बनाएका थिए । तर, दुवै ब्याट्सम्यानले टिमलाई जितभने दिलाउन सकेनन् ।

दिल्ली क्यापिटल्सले आईपीएल २०२४ को सिजन जितसँगै समाप्त ग¥यो र दिल्लीले आधिकारिक रूपमा प्रतियोगितामा आफूलाई कायम राखेको छ तर नेट रन रेटका आधारमा टोली लगभग आउट भइसकेको छ ।

आरसीबी र चेन्नईबीचको खेल प्लेअफको दृष्टिकोणले महत्वपूर्ण बनेको छ । तर, यदि सनराइजर्स हैदरावादले आफ्ना दुवै खेल ठूलो अन्तरले हारे र लखनउले पनि अन्तिम खेलमा मुम्बईसँग हारे भने दिल्लीले प्लेअफमा स्थान बनाउन सक्छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१