शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त

काठमाडौं । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएजनाइएको छ । ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए ।

आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ ।पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्री थोमस ताराबालले सञ्चारमाध्यमलाई जानकारी दिए ।

ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनिमाथि आक्रमण भएको हो । प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ र सोधपुछ जारी राखेको जनाएको छ । स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेकी छन ।

यस्तै, घटनापछि गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिक रूपमा प्रेरित भएको टिप्पणी गरेका छन ।राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो । युरोपेली आयोगका प्रमुखले आक्रमणको निन्दा गरेका छन । फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियामा संसदीय चुनाव जितेका थिए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१