राखी सावन्तको गर्भाशयमा ट्युमर

काठमाडौ । बलिउडकी ‘ड्रामा क्वीन’ अर्थात अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तलाई गर्भाशयमा ट्युमर भएको छ । उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छिन् ।राखीका पूर्व पति रितेश सिंहका अनुसार राखीलाई गम्भीर हृदयको समस्या भनिए पनि उनको गर्भाशयमा ट्युमर देखिएको छ । राखीलाई गत मे १४ मा अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको शैय्यामा सुतिरहेकी राखीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।रितेशले पेट र छातीमा दुखाई भएपछि राखीलाई अस्पताल भर्ना गरिएको बताए । ‘उनको कैयौं टेस्ट भए र त्यसको नतिजाको प्रतिक्षा गरिरहेका छौं । डाक्टरले सर्जरीको सुझाव दिएका छन् । तर उनलाई क्यान्सर भएको हो वा होइन भन्ने डाक्टरले अनुसन्धान गरिरहेका छन्’, रितेशले भनेका छन् ।

रितेशले राखीले बनाएको अनौठो छविका कारण पनि मानिसहरु उसको कुरा पत्याउन छोडेको बताए । ‘तर यो मजाकको विषय होइन । मानिसले उनलाई ड्रामा क्वीन भने पनि अहिले उनी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छिन्’, उनले भनेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१