सुनिता डंगोलले ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन गरिन्

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु भएको हो ।‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरिन् ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीहरुले आप्mनो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको महत्वपूर्ण हुने उनले बताइन् ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्याइस विधामा उत्कृष्ट हुनेलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिने छ ।एक्स्पो भोलि शनिबारसम्म चल्ने छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१