तपाईँले चलाइरहेको फोन धेरै तातिरहेको छ ? समाधानका यि उपाय अपनाउनुहोस्

काठमाडौं । तपाईँले आफ्नो फोन चार्ज गर्दा, गेम खेल्दा, इन्टरनेट चलाउदा वा कुनै हेभि एप चलाउदा तातेको महसुस गर्नु भएको छ ? गर्मी महिनामा फोन तात्ने समस्या अझ बढी नै हुने गर्छ । फोन हल्का तात्नु स्वाभाविक नै हो । तर, अत्याधिक फोन तात्ने समस्यालाई हल्का रुपमा लिनुहुँदैन । यस्तो समस्याको समयमै समाधान गर्नु आवश्यक हुन्छ । किनकि, विद्युतीय उपकरणमा आउने खराबीले दुर्घटनासमेत निम्त्याउन सक्छ ।

गर्मी महिनामा फोन किन बढी तातिरहन्छ ?

लामो समयसम्म निरन्तर फोनको प्रयोग गर्दा यसको प्रोशेसरमा भार पर्ने भएकाले फोन तात्छ । हामीहरु लामो समयसम्म फोन चलाएर आफनो खल्तीमा फोन राख्ने गर्छौ । फोन खल्तीमा गुम्साएर राख्नाले पनि तात्ने गर्छ । फोन चार्जमा राख्दा विद्युतीय सञ्चारका कारण पनि फोन तात्छ । वायरलेस फोन सञ्चालनका लागि आवश्यक रेडियो सिग्नलको कमीले पनि फोन तात्छ । फोनमा धेरै इन्टरनेट चलाउने र भिडियो हेर्ने गर्नाले पनि फोन तात्ने समस्या धेरै हुने गर्दछ । चार्जमा लगाएर चलाउदा पनि फोन तात्ने गर्दछ । राती सुत्दाखेरी सिरानीमुनी राखेर सुत्नाले पनि फोन तात्ने गर्दछ । गर्मी मौसममा फोनमा आउने यि समस्या बाहेक फोनमा चार्ज नहुने समस्या पनि हुन्छ । फोनले ‘डिफेन्स मेकानिज्म’ का कारण चार्ज लिन छाड्न सक्छ । फोन निकै तातिएको अवस्थामा क्षति हुनबाट बचाउन यस्तो हुने गर्छ ।

गर्मी महिनामा फोन तातिने समस्याबाट कसरी जोगिने ?

फोन तातेको छ भने सबै एपहरूलाई बन्द गरेर फोन तत्कालै अफ गर्नुस् । यस्तो गर्दा फोनमा थप दबाब पर्दैन । सधैं ओरिजिनल चार्जर प्रयोग गर्नुहोस् । यदि तपाईंको फोन निकै तातिएको छ भने केही समय विश्राम दिनुहोस् । समस्या भएका र पुराना ब्याट्री भएका फोन सकेसम्म प्रयोग नगर्नुहोस् । ओभर चार्ज नगर्नुहोस् । चार्जिङ क्रममा फोन नचलाउनुहोस् । भौतिक क्षति भएको डिभाइस प्रयोग नगर्नुहोस् । निकै तातिए फोनको केस हटाउनुहोस् । वायरलेस चार्जरको सट्टा वायर्ड चार्जर प्रयोग गर्नुहोस् । फोनलाइ खल्तीमा गुम्सायर नराख्नुहोस् । राती सुत्दाखेरी फोन सिरानीमुनी नराख्नुहोस् ।

फोन आजको समयमा साना बालबालिकादेखि युवायुवतीलगायत वृद्धवृद्धा सबैले प्रयोग गरिरेहका नै हुन्छौ । फोनले गर्दा कतिपय क्षेत्रमा नकरात्क असर पनि परेको छ भने फोनको फाइदा पनि उत्तिकै छ । त्यसैले फोन चलाउदा होसियारपूर्वक चलाउँ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१