• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सहकारी पीडितले पुनः सुरु गरे सडक आन्दोलन

  • २०८१ जेठ ११, शुक्रबार १३:४३

काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् ।सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो ।महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन गर्नुपरेको बताएका छन् ।

तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरिएका भएपनि ति सम्झौता कार्यान्वयन नगरेका कारण सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

  • २०८१ जेठ ११, शुक्रबार १३:४३