
काठमाडौं । पुरुष टी–२०विश्वकपमा सहभागी नेपाली टोलीको हौसला बढाउन युनियन एजुकेशनले पुरस्कार घोषणा गरेको छ ।
टी–२० विश्वकपका संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने खेलमा प्रत्येक खेल जिते वापत एजुकेशनले नेपाली टिमलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको हो ।नेपाली टोलीको हौसला बढाउन युनियन एजुकेशनले पुरस्कार घोषणा गरेको ताएको छ ।
प्रतियोगिता जुन ४ मा शुरू भएर जुन ३० मा टुंगिने छ। टी–२० विश्वकप २०२४ मा २० देश सहभागी हुँदै छन्, जसलाई ५/५ टिम गरी चार समूहमा विभाजन गरिएको छ। सिंगल राउन्ड रोबिनको आधार खेलाइने छ।