८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त रकम विनियोजन गरेको बताए । उनले राष्ट्रियस्तरका ८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने समेत वक्तव्यमार्फत बताएका छन् ।

यस्तै, सरकारले खेल क्षेत्रमा महिला सहभागिता बढाउने, खेलकुदका आधारभूत तालिम विस्तार गरिने र ओलम्पिक र एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिने पनि उल्लेख गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१