गृहलाई झण्डै दुइ खर्ब बजेट

काठमाडौं । सरकारले गृहमन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र सुरक्षा एकता र नेपालको हित प्रवद्र्धन गर्दै भार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित सन्तुलित अन्तरराष्ट्रिय सम्बन्ध कायम गरिने बताए ।

बजेट वक्तव्य दिँदै अर्थमन्त्री पुनले अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सशक्त बनाइने बताए ।
नेपालको सुरक्षा नीतिलाई अझै सशक्त ढंगले अगाडी बढाइने अर्थमन्त्री पुनले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१